Monthly Archives: January 2018

जे सिक्यो त्यही जान्ने न हो ।
– बच्चाहरुलाई पढ पढ भनि कराउनी अनी आफु चाही मज्जाले टिभी हेर्दै खित्का छोडेर हाँस्ने ।
– झुठो बोल्न हुदैन है भन्दा भन्दै कोही मन नपर्ने मान्छेको फोन आए “म अहिले घरमा छैन भन्दे न” भनि बच्चालाई अह्राउने ।
– सबैसँग मिलेर बस्न पर्छ भन्ने अनि पछाडि कुरै काट्न तल्लिन रहने ।
– मिलेर खानु पर्छ भन्ने अनि मिठो पकाएको बेलामा कोही टुप्लुक आइपुगी हाले हत्त न पत्त खानेकुरा लुकाउन बच्चाहरुलाई अह्राउने ।
– अरु त अरु, स्कुलमा पढाउने शिक्षकहरु समेत बच्चाहरुलाई धुम्रपान गर्न हुदैन भन्दा भन्दै उनिहरुकै अगाडि चुरोट तानी नानाभाती गफ चुटने ।

यस्तै छ हाम्रो सामाजिक परिवेश । यस्तै वातावरण भित्र हुर्के बढेका बच्चाहरु नै भविश्यमा नेता बन्ने हुन् । अनि तिनैबाट हामीले ठुल्ठुला आश राख्नु चाही कत्तिको न्यायोचित होला ?

– शरद पोख्रेल, संचारकर्मी ।

 

न्यूयोर्क, जनवरी १७, २०१८ बुधवार ।

न्यूयोर्कमा नेपाली सामुदायिक भवन (सांस्कृतिक केन्द्र तथा दुर्गा मन्दीर)  बनाउन रिजवुड नेपाली समाज कस्सियो । समाजद्वारा सोही कार्यको लागि केही महिना अघि आयोजना गरेको महायज्ञ पुराणमा सहयोग रकम कबोल गर्ने दाताहरुलाई यथाशिघ्र रकम बुझाउन अनुरोध गरिएको छ ।

सामुदायिक भवन बन्ने सुरसार भएको खवरले न्यूयोर्क लगायत अमेरिकावासी नेपाली समुदायहरु हर्षित भएका छन् ।


4
Unique
Visitors
Powered By Google Analytics
January 2018
M T W T F S S
« Dec   Feb »
1234567
891011121314
15161718192021
22232425262728
293031