Monthly Archives: August 2017

1 2 3 5

न्यूयोर्क, अगष्ट ३१, २०१७ बिहीवार ।
रिजउड नेपाली समाजको पहलमा न्यूयोर्कमा निर्माण गरिने नेपाली सामुदायिक भवन (सांस्कृतिक केन्द्र) र दुर्गा मन्दिरको लागि सप्ताहव्यापी श्रीमद् भागवत महापुराण गत मंगलवार समापन भएको छ ।

महापुराण आयोजक तथा संयोजन टीमको सक्षमता र लगनशीलताले भव्यता र सफलताका साथ पुराण सम्पन्न भएको छ । र, समुदायका सबै समुह, व्यक्ति व्यक्तित्वहरुलाई समन्वय र एक्यबद्दता गरी नेपाली सामुदायिक भवन निर्माणको लागि करिव १५ लाख ५० हजार युएस डलर सहयोग संकलन गरेको छ ।
दुबै हात खोलेर सामुदायको हितको काममा सहयोग गर्ने सबै दाताहरु महान छन्, क्षमता अनुसार चाहे जोजसले जतिसुकै सहयोग गरेको होस् ।

संचारकर्मी सच्ची मैनाली समेतको टीम पनि यो महानकार्य सफल बनाउनमा फेसबुक लाईभ र अन्तर्वार्ता, भिडीयो प्रोमो निर्माण, मिडीयाहरुमा महापुराण र सांस्कृतिक भवन सम्बन्धी समाचार सम्प्रेषण लगायत समुदायका बिभिन्न व्यक्ति व्यक्तित्वहरुसंग सम्वाद गरी घुंडा धसेर लागिपरेको कुरा पर्यवेक्षकहरु बताउनु हुन्छ ।

एनआरएन अमेरिकाको एजेण्डा रहेको नेपाली सामुदायिक भवन निर्माण गर्ने अभियानमा एनआरएनए अमेरिका साझा संगठनको हैसियतमा औपचारिक रुपमा ‘होस्टेमा हैंसे’ गर्न अघि नसरेपनि धेरै जसो एनआरएन अमेरिकाका उम्मेदवार र अभियन्ताहरुले मुठ्ठी र मन खोलेर यो अभियानमा सहयोग गर्नु भएको छ । यसलाई हामीले प्रसंशा गर्नै पर्दछ । तर एनआरएन संगठन (कार्यसमिति) नै औपचारिक रुपमा होस्टेमा हैंसे गर्न अघि सरेको भए अझ काईदा हुने थियो ।

प्रवासमा बसेर खांली नेपालको राजनीति मात्र गर्छ भनेर आलोचना र निन्दा खेपीरहने प्रवासी नेपाली मन्च र नेपाली जनसम्पर्क समितिले पनि यो सामुदायिक अभियानमा सहयोग गर्यो । सबै सहयोग संस्था र मनहरु धन्यवादका पात्र छन् ।

रिजउड नेपाली समाजका कोषाध्यक्ष एवं सामुदायिक भवन निर्माण अभियान अन्तर्गत महापुराण आयोजक समितिका बित्तिय संयोजक तुलसी आचार्यले समुदायका सबैको सहयोगले यति धेरै र राम्रो सहयोग प्राप्त भएकोमा खुशी व्यक्त गर्दै सबै सहयोगी मनहरु प्रति महापुराण संयोजक समिति कृतज्ञ रहेको र यो अभियानमा सहयोग गर्न चाहनेहरुले अझै सहयोग गर्न सक्नु हुने कुरा टुटुल्को डटकमलाई बताउनु भयो ।

तर सबैले गरेको सहयोग सबै नगदमा प्राप्त भएको छैन । सहयोगको धेरै रकम वचनको प्रतिबद्दतामा मात्र छ, एक वर्ष वा दुईवर्ष भित्र वा केही महिना भित्र बुझाउने छन् । अब रिजउड नेपाली समाजले सबै हिसावकितावहरु पारदर्शी ढंगले दुरुस्त हालतमा राखेर आवश्यकतानुसार सार्वजनिक गर्दै जानुपर्छ । सहयोग रकम दिने प्रतिबद्धता जनाएका दाताहरुलाई यथासमयमै रकम बुझाउन अभिप्रेरित र समन्वय गर्नु पर्दछ । समुदायका सबै सचेत वर्ग र संचारकर्मी हरुबाट यो अभियान साकार पार्ने काममा निगरानी, पहरेदारी र खवरदारी भैरहनु जरुरी छ ।

नेपाली सामुदायिक भवन सबै नेपाली समुदायको साझा भवन बन्न सकोस् । शुभकामना !

न्यूयोर्क, अगष्ट २५, २०१७ शुक्रवार ।
प्रवासमा रहेर पनि घरवास (जन्मभूमि नेपाल) को चिन्ता गर्ने र आपत बिपदमा तदारुखताका साथ आर्थिक सहयोग संकलन गरी पठाउने यु.के. निवासी युवा समाजसेवी इशा गुरुड्०ले नेपाल तराईको बाढी पिडीतहरुको लागि रु. २ लाख ५२ हजार ७२० संकलन गरी सहयोग पठाउनु भएको छ ।

न्यूज २४ टेलिभिजन च्यानलका “सिधा कुरा जनतासंग” का कार्यक्रम प्रस्तोता रवि लामिछानेको टीम मार्फत उक्त सहयोग रकम सप्तरीका बाढी पिडीतहरुको लागि सहयोग पुर्याउनु भएको कुरा इशा गुरुड्०ले टुटुल्को डटकमलाई बताउनु भयो ।

उहाँले हिजो विहीवार फेसबुकमा स्ट्याटस अपडेट गर्दै लेख्नु भएको छ – “सुचना :- बाढी पिडितको सहयोग news 24 सिधाकुरा जनतासंगको रवि लामिछानेजीलाइ हस्तान्तर गरियो । यो हाम्रो सहयोग तत्काल आपतकालिन राहत भन्दा पनि दीर्घकालीन योजना परियोजनाको लागि मद्दत गरिनेछ र भविश्यमा फेरी बाढीले कुनै धनजनको क्षति नहोस् भन्ने मनसायले नमुना बस्ती बनाउने निर्णय लिएको छ । अन्तमा, सबै सहयोगी साथहरूलाइ धेरै-धेरै नमन साथै धन्यवाद !”

यस अघि पनि विनाशकारी भूकम्प लगायत बिरामी तथा अन्य आपत बिपदमा उहांले फेसबुक मार्फत सहयोग संकलन गरी नेपाल पठाउदै आउनु भएको छ । र, हिसाव रकम पारदर्शी ढंगले फेसबुक मार्फत नै सार्वजनिक गर्ने गर्नु भएको छ ।
युवा समाजसेवी इशा गुरुड्०को सामाजिक पहलकदमलाई सलाम !

समाजसेवी इशा गुरुड्०बाट टुटुल्को डटकमलाई प्राप्त सहयोगीहरुको नामावली –
बाढि पिडित लाइ सहयोग गर्ने सहयोगीमनहरूको नामावली –
1) Lily Gurung Rs , 20,000
(हेमा गुरूड हाल जापान )
2) Nabaraj Bhattarai £ 126
3) Anjana Gurung £ 101
4) Pappu Pun £100
5) Dhurba Gurung £100
6) Goonjan Chettri £100
7) Prasuna Kadel £100
😎 Rock Gurung £60
9) Dil Gurung £25
10) Pushpa Gurung £20
11) Anita Gurung £21
12) Rajesh Joshi £20
13) Dhurba Simkhada £50
14) Dildevi Devi £100
15) Dhan Maya Gurung Rs. 5,000
( हाल पोखरा )
16) Deepak Hamal. £ 50
17) रजनी सिम्खडा £50
18) Shanti Gurung £ 20
19) Thakuri Mina Rs , 10,000 ( हाल इज़रायल )
20) Simon Bikram Shah Rs, 10,000
(हाल साउदी )
21) Rita Grg £25
22) Akiko Ghale Rs, 5,000
( रिता घले हाल जापान )
23) Chin Bdr Gurung £30
24) Saroja Gurung £105
25) Isha gurung ( myself ) £200
26) Manju Gurung Rs , 10,000 ( USA )
27) Rita Gurung £15
28) Samir Shrestha £20
29) Prakash Gurung £20

उहांका अनुसार, सहयोग संकलनको क्रम जारी छ ।

1 2 3 5

4
Unique
Visitors
Powered By Google Analytics
August 2017
M T W T F S S
« Jul   Sep »
 123456
78910111213
14151617181920
21222324252627
28293031