Monthly Archives: May 2016

1 2 3 11

न्यूयोर्क, मे २९ आईतवार ।
बुद्ध जयन्ती; गणतन्त्र दिवस; सगरमाथा दिवस; तथा साकेला उभौलीको संयुक्त अवसर पारेर नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कले पहिलोपल्ट विविधभाषी कविगोष्ठी कार्यक्रमको आयोजना गर्यो ।
image
(कार्यक्रमको शुभारम्भ तथा उदेश्यमाथि प्रकाश पार्नु हुदै का.वा. महावाणिज्यदूत कृसु क्षेत्री)

का.वा. महावाणिज्यदूत कृसु क्षेत्रीको पहलमा आज सम्पन्न सो गोष्ठीमा उपस्थित कवि तथा साहित्यानुरागीहरुले नेपालका विविध भाषाहरुमा कविता/गीत प्रस्तुत गर्नु भएको थियो ।
image

बिना खादा; बिना आशन ग्रहण; र बिना लम्बेतान भाषण शुरु गरिएको सो कार्यक्रमको शुरुवात अनुकरणीय रहेको भएता पनि केही सहभागीहरु ढीला आईपुगेको कारण नेपाली परम्परा धान्दै आधा घण्टा ढीला शुरु भएको थियो ।
image
(कविता वाचन गर्नु हुदै राम तामाड्०)

वरिष्ठ साहित्य सर्जक कृष्ण धरावासी; डा. मोहन सिटौला; कवि गोविन्द गिरी प्रेरणा; वरिष्ठ रंगकर्मी हरिबहादुर थापा; शिक्षाविद डा. तारा निरौला लगायत स्थानिय न्यूयोर्कवासी नेपाली साहित्यकर्मी; संगीतकर्मी; संचारकर्मीहरुको उपस्थिती रहेको सो कार्यक्रममा विविध नेपाली भाषाका कविताहरु वाचन गरिएको थियो ।
image
(कविता वाचन गर्नु हुदै शकुन ज्ञवाली)

यस प्रकारको साहित्यिक कार्यक्रम संचालन गरेकोमा नेपाली महावाणिज्यदूतावास न्यूयोर्क प्रति सबैले खुशी व्यक्त गर्नुका साथै निरन्तरताको कामना गर्नु भएको छ ।
image
(कविता वाचन गर्नु हुदै कुन्ती थापा)

साहित्यकर्मी कविहरु गोविन्द गिरी प्रेरणा; कुन्ती थापा; डा. तारा निरौला; हरिबहादुर थापा; गीता खत्री; सुनीता शर्मा; प्रवीण भट्टराई; गीता पन्थ; राजेन्द्र श्रेष्ठ; बिजया सीम; ज्योति पौडेल; विकास बिष्ट; लक्ष्मी श्रेष्ठ; मनु लोहराड्० राई; शकुन ज्ञवाली; राम तामाड्०; ज्योतिकुमार श्रेष्ठ; नीमा पाख्रिन; पुस्कर बराल; तेम्बा दोड्०बा ह्योल्मो; विशालबिक्रम शाह; कृसु क्षेत्री; शान्ता घिमिरे; पुष्प अधिकारी गौतम; मीठु थापा; अनुरागी अरुण; क़िस्म सिंह धामी; सम्राट मानसिंह डंगोल; राम अब्राहम; बन्धु पोखरेल; जशकुमार राई; पिपलमणी सिग्देल; आड्० जाड्०बु शेर्पा; आड्० छिरीड्० शेर्पा; कविता सिंह; सुरेन्द्र बास्तोला लगायतले कविता वाचन गर्नु भएको थियो ।
गायिका सिरु(सृजना)लामाले सुमधुर गीत गाएर सहभागी सबैलाई मन्त्रमुग्ध पार्नु भएको थियो ।
image
(कविहरुको कविता उपर विवेचना गर्नुहुदै साहित्य सर्जक कृष्ण धरावासी)

कविता वाचन पछि साहित्य सर्जक कृष्ण धरावासीले कविहरुको कविता उपर विवेचना गर्नु भएको थियो ।
उहांले जन्मभूमिको संझना पनि गर्दै, कर्मभूमि (अमेरिका) को बारेमा पनि लेख्न सके नेपालमा बस्नेहरुले अमेरिकामा रहेका नेपालीहरुको भोगाई पनि बुझ्न पाउने कुरा व्यक्त गर्नु भयो ।
image
(सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुहुदै उप-वाणिज्यदूत प्रवीण भट्टराई)

कार्यक्रमको अन्तमा उप-वाणिज्यदूत प्रवीण भट्टराईले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रमको संचालन कवियत्री गीता पन्थले गर्नु भएको थियो ।
image
(कविता वाचन गर्नुहुदै ज्योतिकुमार श्रेष्ठ)

New York. May 22, Sunday.
Nepali American communities have observed the historic and successful ‘Nepal Day Parade’on May 22, 2016 Sunday in New York (Manhattan, Broadway 29 St. to 18 St.)
image
It was organized for the first time by Nepali American Community on the occasion of the Republic Day of Nepal to introduce the cultural pride of Nepal and Nepali Americans amongst the diverse communities of immigrants in the City of New York. The specific objective was to promote trade and tourism of Nepal, and to help Nepali Americans to intermingle in the mainstreaming process in the United States.
image
Almost six thousand Nepali, clad in their traditional ethnic attire and accompanied by their cultural music and dance, participated in the parade.
The event was begun by Daniel Dromm, a Council Member of the New York City Council and Sewa Lamsal, Deputy Permanent Representative for the Permanent Mission of Nepal to the United Nations.
image

1 2 3 11

4
Unique
Visitors
Powered By Google Analytics
May 2016
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031