न्यूयोर्क, मार्च २१, २०१९ बिहिबार ।
नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरी न्यूयोर्क स्थित नेपाली समुदायको पहलमा नेपाली समुदायको सम्मान गर्दै न्यूयोर्क सिटी काउन्सिलद्वारा नेपालीहरुको बाक्लो बसोबास रहेको ज्याक्सन हाईट्स नजिकै पर्ने ७५ स्ट्रिटको केही भागलाई “माउण्ट एभरेष्ट वे” नामाकरण गरी घोषणा गरिने कार्यक्रम बमोजिम न्यूयोर्क सिटी काउन्सिल र नेपाली महावाणिज्यदुतावास न्यूयोर्कको आयोजना तथा नेपाली समुदायको सक्रिय सहयोग एवं सहभागितामा गत मार्च ९ तारिख शनिबार उक्त घोषणा कार्यक्रम भब्यताका साथ सम्पन्न भयो ।

सो कार्यक्रमको लागि नेपाली समुदायबाट संकलित सहयोग रकम र भएको खर्च विवरण बारे समुदायलाई पारदर्शी ढंगले हिसाव देखाउन आर्थिक समिति संयोजक लिला राईले आज फेसबुक मार्फत हिसाव सार्वजनिक गर्नु भएको छ ।


उहाँले सार्वजनिक गर्नु भएको हिसाव अनुसार युएस डलर $ २३,६०१.०० संकलन भएकोमा युएस डलर $ १८,३९२.२४ खर्च भएको छ । र, युएसए डलर $ ५२०८.७६ बचत रहेको छ ।
आर्थिक समिति संग रहेको सो बचत रकम छिट्टै नै समुदाय सहभागी हुने एक कार्यक्रममा छलफल गरि के कसो गर्ने भन्ने निर्णय गरिने कुरा संयोजक लिला राईले टुटुल्को डटकमलाई बताउनु भयो ।
उहाँले समुदाय प्रति विश्वसनीयता कायम राख्नु पर्ने र समुदायको हितमा गरिने अन्य कामहरु गर्न सजिलो हुने भएकोले समयमै पारदर्शी ढंगले हिसाव सार्वजनिक गरिएको पनि बताउनु भयो ।

आर्थिक संयोजक लिला राईले सहयोगी दाताहरु; आर्थिक समितिमा रहेका आफ्ना टीमका सदस्यहरु १. रोशन ढुंगाना २. रुद्र रावत ३. निमा शेर्पा ४. बिष्णु राना मगर ५. राजकुमार बिष्ट ६. नीमा लामा लगायत सबै प्रति हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्नुभएको छ ।

  • संकलित आर्थिक सहयोग रकम र दाताहरुको नामावली:
खर्च भएको नौ वटा बिल (रसिद) हरु:

उक्त घोषणा कार्यक्रमको मुख्य संयोजक एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारी हुनुहुन्थ्यो भने सांस्कृतिक समिति संयोजक राजकुमार बिष्ट; आर्थिक समिति संयोजक लिला राई; स्टल तथा खाजा व्यवस्थापन समिति संयोजक नवीन शेरचन हुनुहुन्थ्यो ।

सोही कार्यक्रममा अमेरिका भ्रमणमा रहनुभएका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक श्री कुलमान घिसिङलाई नेपाली समुदायद्वारा नागरिक सम्मान गरिएको थियो ।

यो खबर तयार हुदै गर्दा प्राप्त जानकारी अनुसार, नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले यसै सन्दर्भमा छलफल एवं भेटघाटका लागि आउँदो शनिबार मार्च २३ तारिख दिउँसो ३ बजे देखि साँझ ६ बजे सम्मको समय मुस्ताङ थकाली किचेन ज्याक्सन हाइट्समा समुदायका सबैलाई निमन्त्रणा गरेको छ ।


66
Unique
Visitors
Powered By Google Analytics
April 2019
M T W T F S S
« Mar    
1234567
891011121314
15161718192021
22232425262728
2930