न्यूयोर्क, मार्च १५, २०१९ शुक्रवार ।
नेपालीहरुको रंगको महान पर्व फागु पूर्णिमा होलीको अवसरमा आफ्नो संस्कृति परम्पराको जगेर्ना गर्दै अमेरिकी प्रवासमा रहेको मधेशी समुदायको संगठन मधेशी एशोसिएसन ईन अमेरिका (मा) ले अमेरिकाको बिभिन्न राज्यका शहरहरुमा सबै नेपाली समुदायहरुलाई समेटेर भब्यताका साथ होली मनाउने तयारी गरिरहेको छ ।

“मा” का वरिष्ठ उपाध्यक्ष सत्येन्द्र साहले टुटुल्को डटकमलाई जानकारी गराउनु भएअनुसार निम्न मिति, समय, र स्थानमा यस वर्षको होली मनाईने भएको छ ।

१. मार्च १६, २०१९ शनिबार नर्दर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा John Barovetto Park मा दिनको ४ बजे देखि ।

२. मार्च १६, २०१९ मा अष्टिन च्याप्टरको आयोजनामा Cedarpark YMCA मा १० बजे बिहान देखि ५ बजे सांझ सम्म ।

३. मार्च १७, २०१९ मा साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा 18750 Clarkdale Ave, Artesia, CA 90701 मा मध्यान्ह १२ बजे देखि ४ बजे सम्म ।

४. मार्च २३, २०१९ का दिन डाल्लस च्याप्टरको आयोजनामा Turner Park, 600 N Beltline Rd, Grand Prairie, TX 75050 मा बिहान ११ बजे देखि दिनको ४ बजे सम्म ।

५. मार्च २३ मा नै फ्लोरिडा च्याप्टरको आयोजनामा John Prince Park, Lake Worth, FL मा मध्यान्न १२ बजे देखि ४ बजे सम्म ।

६. मार्च २३, २०१९ मा नै न्यू ईङगलैण्ड च्याप्टरको आयोजनामा 1434 Locus St, Fall River, MA, 02723 मा बिहान ११ बजे देखि साँझ ५ बजे सम्म ।

७. मार्च २४, २०१९ का दिन न्यूयोर्क च्याप्टरको आयोजनामा दिउँसो १ बजे देखि साँझ ६ बजे सम्म शेर्पा किदुग न्यूयोर्कको हलमा ।

८. मार्च २४, २०१९ मा नै ग्रेटर वासिड०टन डिसी च्याप्टरको आयोजनामा 8101 Seymour Rd मा बिहान १० बजे देखि दिनको ४ बजे सम्म ।

९. मार्च २४, २०१९ मा नै पिट्सबर्ग च्याप्टरको आयोजनामा Hindu Jain Temple, 615 Illini Dr, Monroville, PA 15146 मा दिनको २ बजे देखि ।

१०. अप्रिल १३, २०१९ शनिबार ओहायो च्याप्टरको आयोजनामा 2724 Defiance Dr, Columbus, Ohio मा दिनको २ बजे देखि ४ बजे सम्म ।

यसवर्ष नेपाली पात्रो अनुसार, नेपालको पहाडी भेकमा चैत्र ६ गते बुधबार (तदनुसार मार्च २० ) र तराई भेकमा चैत्र ७ गते बिहीबार (तदनुसार मार्च २१ ) का दिन फागु पूर्णिमा (होली) मनाईनेछ ।

(फाइल फोटो सौजन्य: सतेन्द्र साह)

(न्यूयोर्कमा हुने होली)


66
Unique
Visitors
Powered By Google Analytics
April 2019
M T W T F S S
« Mar    
1234567
891011121314
15161718192021
22232425262728
2930