1 2 3 162

न्यूयोर्क, सेप्टेम्बर २४, २०१६ शनिवार ।
नेपालको संबिधान २०७२ जारी भएको दिनलाई राष्ट्रीय दिवशको रुपमा मनाउने नेपाल सरकारको निर्णय बमोजिम न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासले हिजो शुक्रवार सांझ ‘राष्ट्रीय दिवश समारोह २०७३’ कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा परराष्ट्र मंत्री डा. प्रकाश शरण महत लगायतका विशेष अतिथी एवं स्थानिय नेपाली समुदायको उल्लेख्य उपस्थिती रहेको थियो ।

वाणिज्यदूत कृसु क्षेत्रीले उद्घोषण गर्नु भएको सो कार्यक्रममा का. वा. महावाणिज्यदूत पुष्पराज भट्टराईले उपस्थित सबैलाई हार्दिकताका साथ स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको शुभारम्भमा न्यूयोर्कमा रहेको कलाकारहरुद्वारा नेपालको राष्ट्रगान गाइएको थियो भने मिली श्रेष्ठले संयुक्त राज्य अमेरिकाको राष्ट्रगान गाउनु भएको थियो ।

त्यसपछि कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी मा. परराष्ट्र मंत्री डा. प्रकाश शरण महतले खाडी मुलुकमा रहेका नेपालीहरुबाट नेपालमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको र उनिहरुको हकहित र सुरक्षाको बारेमा नेपाल सरकारले आवश्यक क़दम चाल्ने बताउनु भयो । उहांले प्रवासमा जीवन कठीन नै भएको महसुस गर्नु हुदै जे जस्तो भएपनि जन्मभूमिको लागि पनि केही सोचिदिनु पर्ने कुरा अनुरोध गर्नुभयो ।

संबिधान प्रति सबैको चित्त बुझ्न नसक्ने यथार्थता रहेको भएता पनि क्रमैसंग सबैको चित्त बुझाउने अभिप्रायले आवश्यकतानुसार संसोधन गरिदै लैजाने र तराई मधेशको समस्याबारे पनि संबिधानमा सम्बोधनको प्रयत्नको लागि छलफल गरिने बताउनु भयो ।

उहांले घुमाउरो पारामा आफ्ना भातृसंगठन नेपाली जनसम्पर्क समितिका कार्यकर्ताहरुलाई इंगित गर्नु हुदै आपसमा झगडा नगरी मिलेर बस्न सुझाउनु भएको थियो । खासगरी अमेरिकाका जनसम्पर्क समिति अहिले दुई समुहमा बिभाजित अवस्थामा रहेको छ ।

परराष्ट्र मंत्री डा. महतले ‘नेपाली’ लाई अंग्रेजीमा ‘नेपलिज’ लेखिदै आएकोमा अब उप्रान्त नेपलिज नलेखी नेपाली नै लेखिने जानकारी गराउनु भयो ।

कार्यक्रम तोकिएको समय भन्दा ४५ मिनेट ढीला गरि शुरु गरिएको भएता पनि शुरु भैसकेपछि भने छिटो छरितो ढंगले सम्पन्न भएको थियो । अक्सर न्यूयोर्कको सभासमारोहमा लम्बेतान भाषणबाजी, र आशनग्रहण हुने गरेकोमा यो कार्यक्रमले भने त्यो निरन्तरतालाई क्रमभंग गरेको देखियो ।
image

कविता: “चिट्ठी”

तिमीले दिएको चिट्ठी
युगौ युग पछि फेला परेको छ
विस्मृति भएता पनि स्मृति बनेको छ
त्यसका प्रत्येक
अक्षर; शब्द; र वाक्यहरू
अहिले मन छुने
चिसो हावा भएको छ
पहिले त्यो तातो मरूभूमी लाग्थ्यो
पोलि रहन्थ्यो ।

खै यादै भएन
के-के थियो ?
के-के थियो ?
धमिलिएछ आँखा
थोत्रो चिठ्ठीका धमिलो अक्षर जस्तै
जे-जे भए पनि आखिर
त्यो चिट्ठी थियो
त्यो भरी तिमी थियौ
प्रेमभाव छताछुल्ल थिए
तिम्रा प्रत्येक शब्दसंग
म गदगद थिए ।

त्यो रातै भरी
चिट्ठी भित्र भित्रै
तिमीलाई म खोज्न थाले
तिम्रा प्रत्येक शब्द-शब्द उदिनेर
सीमान्त धागोमा माला उनिरहे
म बिल्कुल अनभिज्ञ थिए
तिम्रो त्यो पवित्र मायासंग
सायद
तिमी पनि अनभिज्ञ नै थियौ की ?
त्यसैले त
तिमी तिम्रो चिट्ठीसंगै भागिरहेका थियौ
भेटघाटको कुरै रहेन
न मिलन भयो न त बिछोड
बरू
तिमीले सम्झने कोशिस गर
कतै जीवन्त जीबन्त
आरोह अवरोहका
अवशेष जिउंदै थिए की ?

मलाई थाहा छ
मेरो पुरानो आल्मारीको कुनामा
तिम्रो चिट्ठीले मन्दिर बनाई रहेछ
जहाँ मेरो कमजोर भावना पुजी रहेछ
तर
कदापी नसोचीदिनु तिमीले
मेरो प्रेम आंसु रोयो भनेर
केवल
बांची रहोस्
हाम्रो आत्मियता
पंछी झै आकाशमा उडी रहोस् !!!

– कुन्ती थापा, न्यूयोर्क ।
image

1 2 3 162

54
Unique
Visitors
Powered By Google Analytics
September 2016
M T W T F S S
« Aug    
 1234
567891011
12131415161718
19202122232425
2627282930